अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला


काठमाडौँभक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन्

नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियानलस्ट आर्ट्स अफ नेपालले गत साता सार्वजनिक गरेको सूचनाबाट गोलमढीको उक्त मूर्तिबारे थाहा भएको हो लस्ट आर्ट्स अफ नेपालले सन् ८० को दशकमा वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको उल्लेख गरेको श्रद्धालुले भने उक्त मूर्ति ताराको नभई पार्वतीको रहेको बताएका छन् गोलमढीका ८३ वर्षीय चन्द्रमान राजभण्डारीले आफ्नो खलकले वर्षौंदेखि पाठपूजा गर्दै आएको पार्वतीको मूर्ति २०३५ सालतिर हराएको सुनाए

येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाईबुद्धिस्ट गडेस ताराभनेर चर्चा गरिएको वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो सन् १९८४ मा जेम्स दम्पतीले यो सम्पदा किनेका हुन् मूर्ति सन् २००२ मा माइकल एन्ड जर्जियाले न्युयोर्कमा पुर्याएको देखिन्छ येल विश्वविद्यालयमा भने सन् २०१५ मा यो सम्पदा पुगेको देखिन्छ कसले उक्त विद्यालयमा बुझाएको हो भन्ने स्पष्ट खुलेको छैन गोलमढीबाट हराएको कलात्मक मूर्ति अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्टक्युरेटर एन्टोनिया बर्तोलसँग जिज्ञासा राखिए पनि जवाफ आएको छैन

वीरभद्रेश्वर महादेव मन्दिरका पुजारी कीर्तिनाथ मिश्रका अनुसार पार्वतीको मूर्ति एकाएक हराएपछि प्रतिलिपि मूर्ति बनाएर नित्यपूजा हुँदै आएको इतिहासको अभिलेखमा स्वीस अध्येता उसर्लच भोन स्क्रोडरले समेत भक्तपुर भ्रमणका क्रममा गोलमढीस्थित पार्वतीको तस्बिर २०३३ सालमा खिचेका थिए उनले उक्त मूर्तिसम्बन्धी विवरणनेप्लिज स्टोन स्कल्प्चर्सशीर्षक पुस्तकमा समेटेका छन्

सम्पदाविद् रवीन्द्र पुरीका अनुसार गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार त्यहाँको शिवपार्वती मूर्ति अंशुवर्माकालीन रहेको प्रमाणित भएको इतिहासविद् धनवज्र वज्राचार्यकोलिच्छविकालका अभिलेख’ (२०३०) पुस्तकमा गोलमढी शिवदेव संवत् ५१६ मा अंशुवर्मामहासामन्तउपाधिबाट विभूषित भएपछि स्थापना गरिएको उल्लेख अमेरिकी विश्वविद्यालय अरू अध्येताले ताराको मूर्ति भनेर प्रचार गरे पनि यो पार्वतीकै मूर्ति रहेको स्पष्ट देखिन्छ,’ पुरीले भने कलासम्पदा सभ्यताको कुरा पढाउने अमेरिकी विश्वविद्यालयले नेपालबाट चोरिएको सम्पदा आफ्नो संग्रहालयमा राखेको भन्ने सूचना आफैंमा लाजमर्दो रहेको उनले बताए युनेस्को अभिसन्धि सम्पदा उत्पत्ति मुलुकको आधारलाई हेरेर पनि यो प्राचीन अंशुवर्माकालीन नेपालको सम्पदा तत्काल घर फर्काइनुपर्नेमा उनले जोड दिए

सम्पदासम्बन्धी विज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले भनेधार्मिक सांस्कृतिक सद्भाव रहेको समाजमा शिव मन्दिरभित्र तारा (बौद्धमार्गी) मूर्ति रहन सम्भव रहेकोधारणा राख्दै यो सम्पदामा देवीकोबसुधरा रूपदेख्न सकिने बताएयो एउटै मूर्तिलाई हिन्दुहरूले पार्वतीका रूपमा बौद्धहरूले ताराका रूपमा मान्दै आएका हुन सक्छन्,’ उनले भने, ‘हाम्रो समाजमा सम्प्रदाय गौण रहिआएको यो मूर्तिमा देखिएको प्रतिमा लक्षणकै आधारमा पनि यो ताराकै मूर्ति हो कि भन्ने देखिएको

अमेरिकाको कनेटिकट राज्यको नेपाली मामलासमेत हेर्ने न्युयोर्कस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालयमा रहेको नेपाली सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै यसबारे छिट्टै पत्राचार प्रक्रिया अघि बढाउने बताए